Kathmandu Press

पश्चिममा भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिम

मनसुनी वायुसँगै न्यून चापीय क्षेत्रको प्रभावले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पश्चिममा भारी वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिम

काठमाडौं, असोज ९ : मनसुनी वायुसँगै न्यून चापीय क्षेत्रको प्रभावले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ। भारतको उत्तरपूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित छ।

जसले गर्दा प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भूभागमा सामान्य बदलीदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ। जसले बाढी र पहिरोको जोखिम रहेको विभागले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका  केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: ०६:५० बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्