Kathmandu Press

१० बुँदे सहमतिपछि डा. केसीले जुस पिएर ताेडे अनशन तोडियो

डा. केसीका सहयाेगी प्रितम सुवेदीका अनुसार १० बुँदे सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषदमा पेस गर्ने सम्झौता भएको छ।
१० बुँदे सहमतिपछि डा. केसीले जुस पिएर ताेडे अनशन तोडियो

काठमाडाैंअसाेज ८ : अनशनरत डा. गाेविन्द केसी र सरकारबीच १० बुँदे सहमति भएकाे छ। सहमतिसँगै डा. केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका छन।

डा. केसीका सहयाेगी प्रितम सुवेदीका अनुसार १० बुँदे सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषदमा पेस गर्ने सम्झौता भएको छ।

केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन । उक्त मागका विषयमा निरन्तर संघर्षमा रहने केसी पक्षले जनाएको छ ।

पत्रकार सम्मेलनमा डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिए ।

विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए ।

सहमति पत्र

note1664031473.jpg

प्रकाशित मिति: २०:३२ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्