पर्मानेन्ट हेयर डाइ र स्ट्रेटनरले स्तन क्यान्सर हुनसक्ने अध्ययनको ठहर
इन्टरनेसनल जर्नल अफ क्यान्सरमा प्रकाशित एक नयाँ अध्ययन अनुसार पर्मानेन्ट हेयर डाइ र रासायनिक स्ट्रेटनरले स्तन क्यान्सरको जोखिम बढ्न सक्ने देखिएको छ।
कपाल रंग....
इन्टरनेसनल जर्नल अफ क्यान्सरमा प्रकाशित एक नयाँ अध्ययन अनुसार पर्मानेन्ट हेयर डाइ र रासायनिक स्ट्रेटनरले स्तन क्यान्सरको जोखिम बढ्न सक्ने देखिएको छ।
कपाल रंगाउने डाइलाई अन्य क्यान्सरसँग पनि जोडिएको छ। तर अनुसन्धानको निष्कर्ष अधुरो छ। अमेरिकन क्यान्सर सोसाइटीले जनाए अनुसार ब्लाडर र ब्लड क्यान्सरलाई बढि परीक्षण गरिएको छ। सलोनका कर्मचारीलाई ब्लाडरको क्यान्सरको जोखिम थोरै वृद्धि हुने देखिएको छ। डाइ र स्तन क्यान्सरबारे आजसम्म गरिएका अधिकांश अध्ययनमा कुनै सम्बन्ध देखिएको छैन।
कपाल सिधा बनाउने हेयर स्ट्रेटनरको सवालमा पनि प्रष्टता छैन। ९० को दशकको मध्यका तथ्याङ्क प्रयोग गरेर गरिएको एउटा महत्त्वपूर्ण अध्ययनले स्ट्रेटनर र स्तन क्यान्सरबीच कुनै सम्बन्ध भेटेन। तर पछिल्ला अध्ययनमा स्ट्रेटनरले स्तन क्यान्सर हुनसक्ने देखाएको छ। नयाँ अनुसन्धानमा ९० को दशकदेखि लोकप्रिय हुँदै आएको स्ट्रेटनर विशेष गरि केराटिन ट्रिटमेन्टमा फोर्मलडिहाइड नामक कार्सिनोजेन हुने नभए लगाउने प्रक्रियामा उत्पादन हुने देखिएको छ।
नयाँ अध्ययनलाई नेसनल इन्स्टिट्युट अफ हेल्थ ९एनआइएच० र नेसनल इन्स्टिट्युट अफ इन्भाइरोन्मेन्टल हेल्थ साइन्सेसले आर्थिक सहयोग गरेको छ। जसअन्तर्गत ४६ हजार सात समय अमेरिका महिलाले सिस्टर स्टडीमा सहभागीता जनाए। अध्ययनका लागि स्तन क्यान्सर भएका महिलाका दिदीबहिनीलाई सहभागी गराइएकोथियो। अध्ययनमा सहभागी हुने बेला महिलाहरूको उमेर ३५ देखि ७४ वर्ष थियो। अध्ययनको सुरूमा उनीहरूले स्वास्थ्य, जीवनशैली ९कपालम लगाउने उत्पादनसहित० र जनसंख्या सम्बन्धी प्रश्नका उत्तर दिए।
त्यसपछि औसत आठ वर्षको अवधिमा अनुसन्धातालाई अन्य जानकारी दिइरहे।
आधाभन्दा धेरै महिलाले अध्ययनमा सहभागी हुनु एक वर्षअघि पर्मानेन्ट हेयर डाइ प्रयोग गरेको बताए। करिब दश प्रशितले रासायनिक स्ट्रेटनर प्रयोग गरेको बताए। ती महिलाहरूमा पछि स्तन क्यान्सर हुने जोखिम बढि भएको अनुसन्धाताले पत्ता लगाए। सहभागीमध्ये झण्डै दुई हजार आठ सय जनालाई स्तन क्यान्सर भयो। यसमा पनि अश्वेत बढि हुने देखियो।
समग्रमा पर्मानेन्ट डाइले स्तन क्यान्सर हुने जोखिम ९ प्रतिशत बढ्ने देखिएको छ। तर पर्मानेन्ट डाइ प्रयोग गर्ने अश्वेत महिलामा स्तन क्यान्सरको जोखिम ४५ प्रतिशत बढि हुने देखिएको छ। आठ साता वा बढि समय प्रयोग गर्नेहरूलाई स्तन क्यान्सरको जोखिम ६० प्रतिशत बढि हुने पनि अध्ययनमा देखिएको छ। अश्वेत महिलाले रासायनिक स्ट्रेटनर पनि बढि नै प्रयोग गर्ने गरेको देखियो। तीन प्रतिशत श्वेत महिलाको तुलनामा ७४ प्रतिशत अश्वेत महिलाले त्यस्तो उत्पादन गर्ने गरेका छन्। यसले अश्वेत महिलामा स्तन क्यान्सरको जोखिम १८ प्रतिशत बढि भएको देखियो।
नेसनल इन्स्टिट्युट अफ इन्भाइरोन्मेन्टल हेल्थ साइन्सेसकी एपिडेमियोलोजिस्ट एलेक्जेन्ड्रा व्हाइटले अध्ययन प्रतिवेदनको सहलेखन गरेकी छिन्। श्वेत र अश्वेत महिलाले प्रयोग गर्ने डाइ र स्ट्रेटनरको सुत्रमा भएको भिन्नताले पनि यस्तो हुनसक्ने उनले बताइन्। प्रतिवेदनकी अर्की सहलेखक डेल स्यान्डलरले बाक्लो र दह्रो कपालले धेरै डाइ सोस्नसक्ने बताइन्। यी परिकल्पनाहरूलाई पुष्टि गर्न थप अनुसन्धान आवश्यक भए पनि डाक्टहरूले ती भिन्नताबारे थाहा पाउनुपर्ने बताइन्। स्तन क्यान्सरले अश्वेत महिलाको ज्यान धेरै जाने र हेयर
डाइले स्वास्थ्यमा पार्ने प्रभावबारे अधिकांश अघिल्ला अध्ययनहरू श्वेत महिलामा भएकाले पनि त्यसको आवश्यकता भएको उनले बताइन्। युनिभर्सिटी अफ टेक्सास साउथवेस्टर्न मेडिकल सेन्टरकी सहायक प्राध्यापक डा। निशा उन्नीले यो नतिजा विचित्र भएको बताइन्। हेयर डाइ र स्ट्रेटनरसँग नजिकबाट सम्बन्धित स्तन क्यान्सरको उपप्रकार अश्वेत महिलामा बढि देखिने उनको कथन छ। तर यसलाई पुष्टि गर्ने तथ्याङ्क लेखकहरूसँग छैन। अध्यन राम्रो भए पनि त्यसले क्यान्सरको जोखिम बढाउने प्रत्येक कारणलाई अलग्गै नराखेको उनले बताइन्। उदाहर०का लागि उमेर बढ्दै गएपछि क्यान्सरको जोखिम बढ्छ। उमेरसँगै कपाल सेतो हुन थालेपछि हेयर डाइको प्रयोग पनि बढ्नसक्छ।
दुर्भाग्यवश, यो बिन्दुमा कुनै सजिलो उपाय वा टाढा रहनुपरेने विशेष अवयव नभएको व्हाइटले बताइन्। “हेयर डाइमा पाँच हजारभन्दा धेरै कम्पाउन्ड हुन्छ। र सुत्रहरू निरन्तर परिवर्तन भइरहेको हुन्छ,” व्हाइट भन्छिन्,“केहि कम्पाउन्ड बढि कार्सिनोजेन भएको प्रमाण पनि छन्।”
(टाइम म्यागेजिनबाट नेपाली अनुवाद गरिएको हो)