Kathmandu Press

डा. केसी र सरकारबीच जुट्याे सहमती, अनशन ताेड्ने तयारी

अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति जुटेकाे छ। सहमती जुटेसँगै डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने भएका छन्।
डा. केसी र सरकारबीच जुट्याे सहमती, अनशन ताेड्ने तयारी

काठमाडाैं, असाेज ८ : अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति जुटेकाे छ। सहमती जुटेसँगै  डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने भएका छन्।

डा. केसीका सहयाेगी प्रितम सुवेदीका अनुसार सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षर पश्चात अनसन ताेड्ने तयारी गरेका छाैं।

डा. केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै सेती प्रादेशिक अस्पतालमा लगिएका उनलाई पछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो ।

डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।

प्रकाशित मिति: १८:५९ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्