Kathmandu Press

कोभिड महामारीबाट पाठ नसिक्दा डेंगुकाे भयावह स्थिति आयाे : डा. पुन

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले एकै परिवारका सदस्य पालैपालो अस्पताल पुगेपछि आफूलाई त्यतिबेलादेखि नै घरघरमा डेंगु पुगेको महसुस गर्न थालेको बताए।
कोभिड महामारीबाट पाठ नसिक्दा डेंगुकाे भयावह स्थिति आयाे : डा. पुन

काठमाडाैं, असाेज ८ : सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले स्वास्थ्य मन्त्रालय अन्तर्गतको लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सुरु गरेको भए यस्तो अवस्था नआउने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले एकै परिवारका सदस्य पालैपालो अस्पताल पुगेपछि आफूलाई त्यतिबेलादेखि नै घरघरमा डेंगु पुगेको महसुस गर्न थालेको बताए।

डा. पुनले आफूले एक दिनमा ७०/८० जनासम्म डेंगीका बिरामी जाँच्ने गरेको सुनाए।  पछिल्लो समय व्यवसायीहरुले वरिपरि लामखुट्टे धपाएर बस्ने कि कारोबार गर्ने चुनौती आएको भन्दै उनले यस्तो समस्या देशमा मात्र नभई विश्वभर नै भएको बताए।

नेपालले कोभिड महामारीबाट पनि पाठ नसिकेकाले आज यो अवस्था आएको र अब पनि पाठ नसिके अझै ठुलो समस्या ननिम्ताउला भन्न नसकिने उनको भनाइ छ।

सिकिस्त भएका बिरामी मात्रै अस्पताल पुग्ने र लक्षण देखिएका बिरामी घरमै बस्ने गरेको उल्लेख गर्दै उनले बिरामीको संख्या धेरै हुन सक्ने बताए। 

डेंगु संक्रमणका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेकाे छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार साउनयता २२ हजार ९ सय ८८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

६८ जिल्लामा फैलिएको डेंगुकाे सबैभन्दा बढी केस काठमाडौंमा देखिएको छ।

प्रकाशित मिति: १७:५३ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्