Kathmandu Press

गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त : महासचिव पाेखरेल

उनले मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सही दिशामा ल्याउने काम एमालेले मात्रै गर्ने बताए।
गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त : महासचिव पाेखरेल

काठमाडाैं, असाेज ८ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका छन्।

शनिबार काठमाडौंमा केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटिन सार्वजनिक गर्दै पोखरेलले गठबन्धनका नेताहरुको ध्यान आर्थिक लाभ मात्रै भएकाले मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका हुन्।

उनले मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सही दिशामा ल्याउने काम एमालेले मात्रै गर्ने बताए। नेतृत्वको प्रश्न सुल्झाउने चुनाव भएकाले हरेक निर्वाचन व्यक्तिको जित हारको मात्रै विषय नभएको उनले बताए।

उनले अव मुलुकलाई रुपान्तरण गर्ने प्रश्नमा सहमति हुनेहरु एक ठाउँ उभिन जरुरी रहेको धारणा राखे। उनले नीतिको प्रश्न छाडेर गरिने गठबन्धनले राष्ट्रलाई अघि बढाउन नसक्ने बताए। पोखरेलले एमालेले केपी ओलीको नेतृत्वमा चुनावमा जाने घोषणा गरेपनि गठबन्धनको भने कुनै नेतृत्व नै नभएको टिप्पणी गरे।

पोखरेलले मुलुकको उचित बिकासको मोडललाई अवलम्वन गर्नुपर्ने जिकिर गरे।

प्रकाशित मिति: १७:२५ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्