Kathmandu Press

यस्ताे छ वाग्मती प्रदेश प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

वाग्मती प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट मातहत कार्यालय प्रमुखको उपस्थितिमा विशेष सुरक्षा योजना सार्वजनिक गर्दै लागू गर्न निर्देशनसमेत दिएका छन्।
यस्ताे छ वाग्मती प्रदेश प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

हेटाैंडा, असाेज  ८ : वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दसैं, दीपावली र छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। त्यसका लागि पाँच हजार तीन सय ३२ प्रहरी परिचालन हुने जनाइएको छ। 

वाग्मती प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट मातहत कार्यालय प्रमुखको उपस्थितिमा विशेष सुरक्षा योजना सार्वजनिक गर्दै लागू गर्न निर्देशनसमेत दिएका छन्। चाडपर्वको समयमा हुने आपराधिक गतिविधिलाई नियन्त्रणका लागि विशेष सुरक्षा योजना लागू गरिएको बज्राचार्यले जानकरी दिए। 

वाग्मती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यस्थापनका लागि प्रदेश प्रवेश गर्ने सीमा नाकामा नियमित र अपर्झट जाँचको व्यवस्था मिलाउने, मोबाइल गस्ती परिचालन, प्रमुख धार्मिकस्थल, बैंकिङ तथा वित्तीय संस्थाहरुमा प्रहरी परिचालन, जिल्ला प्रशासनको समन्वयमा कालाबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने रहेको उनले बताए।

साथै सुरक्षा निकाय समेतको सहभागितामा झैझगडा तथा जुवातास एवम् घरेलु मदिरा नियन्त्रण गर्ने, लागूपदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित जाँचको व्यवस्था मिलाउने, बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरीसहितको यात्रु सहायताकक्ष स्थापना गरी चाैबिसै घण्टा प्रहरी परिचालन गरिने छ।

साथै सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित राजमार्ग गस्ती परिचालन, सवारी साधनका गति नियन्त्रणका लागि रङ्गरोगनसहितको विशेष, ट्राफिक जाँच गर्ने, प्रमुख राजमार्गमा रात्रिकालीन बेस स्थापना गर्ने योजना रहेको बताइएको छ।

प्रकाशित मिति: १६:२१ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्