कोरोनाका कारण थप एकको मृत्यु, नयाँ संक्रमित ७४ जना
हाल नेपालमा १ हजार २ सय ८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।
काठमाडाैं, असाेज ८ : नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार २ सय ३४ पिसिआर परिक्षणका क्रममा २९ जना र २ हजार ८ सय ९२ एन्टीजेन परिक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १ सय १६ संक्रमित कोरोनामुक्त भएका छन्।
हाल नेपालमा १ हजार २ सय ८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १५:३३ बजे, शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











