Kathmandu Press

थापागाउँमा शेखर समूहको ‘खबरदारी सभा’

थापागाउँमा शेखर समूहको ‘खबरदारी सभा’

काठमाडौं, असोज ८ : नेपाली कांग्रेस संस्थापनइतर समूहको ‘खबरदारी सभा’ थापागाउँस्थित बानेश्वर ब्यांकेटमा जारी छ।

कांग्रेस नेता डा. शेखर कोइरालाले नेतृत्व गर्ने सो समूहले पार्टीभित्र अवसर र न्यायका लागि  ‘खबरदारी सभा’ आयोजना गरेको जनाइएको छ।

कार्यक्रममा केन्द्रीय सदस्य, जिल्ला सभापति, उनी पक्षीय भ्रातृ संस्थाका नेता र ४ मंसिरको चुनावमा उम्मेदवारका आकांक्षीहरू सहभागी छन्।

नेता कोइराला र उनीनिकट पदाधिकारीको भने कार्यक्रममा उपस्थिति छैन। खबरदारी सभामा बोल्ने नेताहरुले संस्थापन पक्षले एकलौटी रूपमा समानुपातिकमा नाम सिफारीस गरेको भन्दै विरोध जनाएका छन्।

उनीहरूले लामो समय त्याग गरेका नेताहरुलाई पाखा लगाइएको भन्दै गुनासो व्यक्त गरेका छन्। कांग्रेस एकढिक्का भएर जाने हो भने गठबन्धनको जरुरत नपर्ने उनीहिरुको भनाइ छ। उनीहरूले पार्टीले जनता र कार्यकर्तालाई केन्द्रबिन्दु राख्नुपर्नेमा जोड दिए। 

सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषय सकसपूर्ण भइरहेका बेला कांग्रेसभित्र दुई समूहबीच समस्या सिर्जना भएको छ।

कोइराला समूहले आगामी चुनावका लागि प्रतिनिधि र प्रदेश सभामा कम्तीमा ४० प्रतिशत सिट आफ्नो पक्षमा हुनुपर्ने बताइरहेका छन्।

आफूहरूमाथि न्यायोचित व्यवहार नभए गठबन्धनमा समेत समस्या आउने चेतावनी पनि दिइएको छ।

प्रकाशित मिति: १५:३० बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्