Kathmandu Press

नागेश्वर अहिर र राममाया बुढालाई प्लस टु फाइभ के रनको उपाधि

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि जितेका हुन्।
नागेश्वर अहिर र राममाया बुढालाई प्लस टु फाइभ के रनको उपाधि

काठमाडाैं, असाेज ८ : नेपाल पुलिस क्लबका नागेश्वर अहिर र श्री गंगा माबि जुम्लाकी राममाया बुढाले प्लस टु फाइभ के रनको उपाधि जितेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि जितेका हुन्।

पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दुरी १५ मिनेट १५.१ सकेन्डमा पूरा गरे। पुलिसकै सन्तोष नाथ योगी १५ मिनेट २४.५ सेकेन्डको समय निकाल्दै दोस्रो भए।  श्री रत्नचौडनेश्वर माबिका प्रकाश कठायत १५ मिनेट ३४.८ सेकेन्डको समय निकाल्दै तेस्रो भए।

पुरुषतर्फ संजय नेपाली चौंथो, विश्वराम कुँवर पाँचौं र किरण लिम्बु छैटौं भए। मिङमार सिंगी तामाङ सातौं, अर्जुन राई आठौं, आशिष कुवर नवौं र अभिराज राई दशौँ स्थानमा रहे।

महिलातर्फको उपाधि जित्ने क्रममा राममायाले १९ मिनेट १८.३ सेकेन्डमा दूरी पूरा गरिन्। एनआरएस स्पोर्ट्स फाउन्डेसनकी अन्जु खड्का १९ मिनेट ५८.८ सेकेन्डको समय निकाल्दै दोस्रो भईन्। ओहारा कार्कीले २० मिनेट १८.४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्।

यस्तै सरस्वती बोहरा, सोनु घतानी,अनुजा कार्की, सरिता रम्तेल, रेस्टिना सिटीखु, शेर्बी महर्जन र उर्जा मधिकर्मी क्रमशः चौथो देखि दशौँ स्थानमा रहे। दुवै विधाको विजेताले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे।

यस्तै चौथोले १० हजार, पाँचौले ५ हजार र छैटौदेखि दशौंसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालको संचालनमा भएको प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला लगायतले पुरस्कृत गरेका थिए।

प्रकाशित मिति: १५:०३ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्