धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन मन्त्री चाैधरीकाे आग्रह
शनिबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले धोबीखोला करिडोरको केही स्थानमा मात्रै सडकको मापदण्ड मिचेर संरचना बनाएको पाइएको भन्दै मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका हुन्।
काठमाडाैं, असाेज ८ : सहरी विकासमन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन्।
शनिबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले धोबीखोला करिडोरको केही स्थानमा मात्रै सडकको मापदण्ड मिचेर संरचना बनाएको पाइएको भन्दै मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका हुन्।
अनुगमनका क्रममा उनले सडक छेउमा रहेका आवतजावतलाई कठिनाई हुने गरि पार्किङ नगर्न पनि आग्रह गरेका थिए।
उनले धोबीखोला करिडोरको फुटपाथमा रहेका विधुत प्राधिकरणको भूमिगत तारको बक्सहरुका कारण आवातजावतमा कठिनाई भएको पाइएकाले यस बिषयमा प्राधिकरणसँग छलफल गर्ने बताए।
त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले केहि समय अघि सडकमा रहेका निर्माण समाग्री हटाइएपछि अहिलेको अवस्था बुझ्न अनुगमन गरिएको बताए।
ढकालले धोबीखोला करिडोरको स्तरोन्नतीको काम भइरहेको जानकारी दिए। उनले धोबीखोला करिडोरमा नियमित अनुगमन गरी व्यवस्थीत गर्ने कामलाई जारी राख्ने बताए।