Kathmandu Press

जनकपुरमा ओलीले चढे रेल

पार्टी प्रवेश कार्यक्रमका सिलसिलामा शनिबार जनकपुर आएका बेला ओली जनकपुरबाट रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया जाने क्रममा रेल चढेका हुन्।
जनकपुरमा ओलीले चढे रेल

जनकपुरधाम, असोज ८ : एमाले अध्यक्ष केपी ओलीले जनकपुर–जयनगर रेल चढेका छन्।

पार्टी प्रवेश कार्यक्रमका सिलसिलामा शनिबार जनकपुर आएका बेला ओली जनकपुरबाट रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया जाने क्रममा रेल चढेका हुन्।

पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेसनसम्मको रेल यात्राका लागि आफैंले टिकट काटको जनाइएको छ।

ओली आउन ढिलाइ हुँदा ११ बजे जनकपुरबाट जयनगर गुड्नुपर्ने रेल १२ बजे गुडेको हो। काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण रेल गुड्न एक घन्टा ढिलो भएको हो। 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा) का नेता उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेश सभा सदस्य डा. रिना यादवलाई ओलीले एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित मिति: १३:०२ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्