Kathmandu Press

अन्तर्राष्ट्रिय बजारमा घट्यो कच्चा पेट्रोलियम पदार्थको मूल्य, नेपालमा कहिले घट्छ ?

ब्रेन्ट कच्चा पदार्थको मूल्य ४.३१ प्रतिशत घटेर ८६.१५ प्रतिब्यारेल छ भएको छ भने डब्लूटीआई कच्चा तेलको मूल्य ४.७५ प्रतिशत घटेर प्रतिब्यारेल ७८.७४ डलरमा आइपुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा घट्यो कच्चा पेट्रोलियम पदार्थको मूल्य, नेपालमा कहिले घट्छ ?

काठमाडौं, असोज ८ : अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ। प्रतिब्यारेल १३० डलरसम्म पुगेको कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल ८६ डलर छ । अमेरिकामा आर्थिक मन्दीको हल्ला चलेसँगै कच्चा तेलको मूल्य घटेको हो ।

ब्रेन्ट कच्चा पदार्थको मूल्य ४.३१ प्रतिशत घटेर ८६.१५ प्रतिब्यारेल छ भएको छ भने डब्लूटीआई कच्चा तेलको मूल्य ४.७५ प्रतिशत घटेर प्रतिब्यारेल ७८.७४ डलरमा आइपुगेको छ।

प्राकृतिक ग्यास, ग्यासोलिनलगायत सबै प्रकारका कच्चा तेलको मूल्य घटेको बताइएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य कहिले घट्छ भन्ने चासो सबैमा छ। इन्डियन आयल कर्पोरेनले नेपाल आयल निगमलाई हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ । न्डियन आयल कर्पोरेनले घटाएर मूल्यसूची पठाएपछि मात्रै नेपालले पनि मूल्य घट्न सक्छ।

प्रकाशित मिति: १२:२६ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्