Kathmandu Press

नेपाल आइपुग्यो बंगलादेशी टिम

नेपालसँग मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशी टिम शनिबार बिहान काठमाडौं आइपुगेको हो।
नेपाल आइपुग्यो बंगलादेशी टिम

काठमाडाैं, असाेज ८ : बंगलादेशी राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ। नेपालसँग मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशी टिम शनिबार बिहान काठमाडौं आइपुगेको हो।

बंगलादेशी टिमलाई एन्फा सदस्यद्वय रवीन्द्र चन्द र पुरुषोत्तम थापाले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

बंगलादेशी टिम कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो भने नेपालले भने एसियन कप छनोट खेले यता कुनै पनि खेल खेलेको छैन ।

नेपाल र बंगादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुने छ ।

खेलका लागि कार्यबहाक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले बिहीबार मात्र २३ सदस्यीय टिम नेपाली घोषणा गरेका थिए।

प्रकाशित मिति: ११:४९ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्