Kathmandu Press

एमालेसँग तालमेल गर्न महतोको नेतृत्वमा जसपाले बनायो कार्यदल

वरिष्ठ नेता राजेन्द्र महताको संयोजकत्वमा ६ सदस्यीय कार्यदलमा शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल छन्।
एमालेसँग तालमेल गर्न महतोको नेतृत्वमा जसपाले बनायो कार्यदल

काठमाडाैं, असाेज ८ : आसन्न संघीय निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कार्यदल गठन गरेको छ। लोसपाले एमालेसँग चुनावी तालमेलका लागि वरिष्ठ नेता राजेन्द्र महताको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको हो।

कार्यदलमा शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल पनि छन्।

नागरिकता विधेयक प्रमाणीकरण हुन नदिन एमाले, कांग्रेस, माओवादी सबैले षडयन्त्र गरेको भन्दै कार्यदल संयोजक महतोले त्यसले एमालेसँगको चुनावी तालमेलमा असर नगर्ने लोसपा बताए ।

चुनावी तालमेललाई नीतिगत रूपमा हेर्न नमिल्ने भन्दै उनले सत्ता गठबन्धनसँग तालमेलको सम्भावना सकिएको बताए । कांग्रेस र माओवादीको एजेण्डा नमिलेजस्तै हामी र एमालेको नमिल्न सक्छ। तर चुनावी तालमेल अलग कुरा भएको उनको तर्क छ।

 

प्रकाशित मिति: १०:५६ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्