झापामा मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
दुर्घटनामा गम्भीर घाइते भएका कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा–४ का ४५ वर्षीय विष्णु थापाको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
झापा, असोज ८ : झापाको मेचीनगर नगरपालिकामा मोटरसाइकल आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनामा मृत्यु हुनेमा दुवै जना मोटरसाइकल चालक रहेको बताइएको छ । सो दुर्घटनामा एक घाइते भएका छन् ।
मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित पिपलडाँगीमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०१४ र प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्एिको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा–४ का ४५ वर्षीय विष्णु थापाको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार कनकाई–४ का ५३ वर्षीय रामबहादुर अधिकारीको टाउको, हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











