Kathmandu Press

नेसन्स लिग : हंगेरीसँग हार्‍यो जर्मनी, इंग्ल्यान्डमाथि इटालीको जित

लिग एको ग्रुप ३का खेलमा हंगेरीले जर्मनीमाथि १–०को जित निकाल्दा इंग्ल्यान्डमाथि इटालीले पनि १–०कै जित निकाल्यो।
नेसन्स लिग : हंगेरीसँग हार्‍यो जर्मनी, इंग्ल्यान्डमाथि इटालीको जित

युईएफए नेसन्स लिगअन्गर्तत शुक्रबार राति भएको खेलमा हंगेरी र इटाली विजयी भएका छन्। लिग एको ग्रुप ३का खेलमा हंगेरीले जर्मनीमाथि १–०को जित निकाल्दा इंग्ल्यान्डमाथि इटालीले पनि १–०कै जित निकाल्यो।

जर्मनीलाई उसकै मैदानमा हराउने क्रममा हंगेरीका एडम सलाइले गोल गरे। उलने खेलको १७औं मिनेटमा गोल गरेका थिए ।

घरेलु मैदानमा हंगेरीमाथि पूर्ण दबाब बनाए पनि जर्मनीले गोल भने गर्न सकेन । उसले ७३ प्रतिशत बल पोजेसन बनाउँदै १० सट प्रहार गर्दा ३ सट फ्रेममा थियो । यता, हंगेरीले ७ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो।

यस्तै, अर्को खेलमा इटालीले इंग्ल्यान्डलाई हरायो । इटालीका जितमा गिकोमो रास्पाडोरीले ६८औैं मिनेटमा निर्णायक गोल गरे । यो हारसँगै नेसन्स लिगमा गेराथ साउथगेटको टिम जित निकाल्न असफल छ।

ग्रुप ३ मा ५ खेलमा जितसिहत १० अंक जोडेको हंगेरी शीर्ष स्थानमा रहँदा ८ अंक जोडेको इटाली दोस्रो र ६ अंक जोडेको जर्मनी तेस्रो स्थानमा छ। इंग्ल्यान्डको भने २ अंक मात्र छ।

 

प्रकाशित मिति: १०:०७ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्