Kathmandu Press

आजबाट खुलामञ्चमा गाडी पार्किङ गर्न पाइने

काठमाडौंको न्युरोड जाने चारपाङ्ग्रे गाडीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङ गर्न पाइने भएको छ।
आजबाट खुलामञ्चमा गाडी पार्किङ गर्न पाइने

काठमाडौं, असोज ८ : काठमाडौंको न्युरोड जाने चारपाङ्ग्रे गाडीलाई आजदेखि फूलपातीसम्म खुलामञ्चमा पार्किङ गर्न पाइने भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गरी न्युरोड गेटबाट भित्र जाने यात्रुवाहक, मालवाहक तथा निजी गाडीलाई खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको जनाएको छ।

आजदेखि फूलपाति अर्थात असोज १६ गतेसम्म गाडी पार्किङको व्यवस्था गरिएको छ। बिहान १० बजेदेखि बेलुकीसम्म गाडी पार्किङ गर्न सकिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:३८ बजे, शनिबार, असोज ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्