मनसुनीसँगै न्यून चापीय क्षेत्रको प्रभाव, देशभर वर्षाको सम्भावना
मनसुनीसँगै न्यून चापीय क्षेत्रको प्रभावले आज देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौं, असोज ८ : मनसुनीसँगै न्यून चापीय क्षेत्रको प्रभावले आज देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। त्यस्तै, भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित छ।
जसले गर्दा अहिले लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा सामान्यदेखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। लम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज राति पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।











