Kathmandu Press

सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको छ : नेता बस्नेत

सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको छ : नेता बस्नेत

काठमाडाैं, असाेज ७ : नेकपा एमालेका युवा नेता महेश बस्नेतले नेपालमा राजनीतिक अस्थिरता फैलाउन पार्टीका नेता कार्यकर्तालाई समाप्त पार्ने गरी महाशक्ति राष्ट्रका खेताला र गोठालाहरु उत्पादन गर्न विभिन्न समूह लागेको बताएका छन।

राष्ट्रिय युवा संघको प्रचार भेलामा नेता बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको बताउँदै आफूलाई नक्कली आइडीमार्फत ८ हजार १०० जनाले गाली गर्ने गरेको बताएका छन।

उनले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरुमा भ्रम छरेको बताउँदै युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्नुपर्ने बताए।

‘अराजक समूह अहिले भौतिक रुपमा वा साइवरमार्फत माओवादीे, वाईसीएल, कांग्रेस, नेविसंघ, भीम उपाध्याय भएर, खगेन्द्र संग्रौला, बालेन साहहरु भएर र रवि लामिछानेहरु भएर विभिन्न रङ्गीचङ्गी कुराहरु बोकेर प्रकट हुन्छन्,’ उनले भने ।

साथै, उनले आगामी निर्वाचनलाई लक्षित गरी एमाले माथि जथाभावी आक्रमण भइरहेको बताए।

प्रकाशित मिति: २०:५८ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्