Kathmandu Press

‘पानीपत’लाई पछि पार्दै ‘पति पत्नी और ओ’

काठमाडौं, मंसिर २२ : गत शुक्रबार बलिउडका दुइटा फिल्म रिलिज भएका छन्, ऐतिहासिक कथामा बनेको ‘पानीपत’ र कमेडी–प्रेम कथामा तयार भएको &ls....

‘पानीपत’लाई पछि पार्दै ‘पति पत्नी और ओ’

काठमाडौं, मंसिर २२ : गत शुक्रबार बलिउडका दुइटा फिल्म रिलिज भएका छन्, ऐतिहासिक कथामा बनेको ‘पानीपत’ र कमेडी–प्रेम कथामा तयार भएको ‘पति पत्नी और ओ।’

दुवै फिल्मबीच टक्कर हुने अनुमान गरिएको थियो। तर, कार्तिक आर्यन, भूमी पेन्डेकर र अनन्या पाण्डे अभिनित ‘पति पत्नी और ओ’ले संजय दत्त, अर्जुन कपुर र कृति सेनन अभिनित ‘पानीपत’लाई पछि पारेको छ।

ऐतिहासिक कथामा बनेको चलचित्र ‘पानीपत’को ओपनिङ ४.१२ करोड भारतीय रुपैयाँ रह्यो। यसले कस्ता व्यापार गर्ला भन्ने टिकाटिप्पणी हुन थालेको छ।

अर्कोतिर ‘पति पत्नी और ओ’ले ओपनिङमा ९.१० करोड भारतीय रुपैयाँ कमाएको छ। कार्तिक आर्यनले अभियन गरेको फिल्मले ओपनिङमा कमाएको सबैभन्दा बढी रकम हो।

अब ‘पति पत्नी और ओ’ले ‘पानीपत’लाई पछि पार्ने अनुमान गर्न थालिएको छ।

प्रकाशित मिति: १४:५२ बजे, आइतबार, मंसिर २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्