राष्ट्रपतिविरुद्धको रिट हेर्न नभ्याइनेमा, आइतबार सुनुवाइ हुने
न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेशी चढेपनि समयअभावका कारण उक्त रिट हेर्न नभ्याइनेमा परेको हो ।
काठमाडौं, असोज ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेबारे सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ ।
बिहीबार अधिवक्ताहरु सागर बराल, सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले दायर गरेको रिट दायर गरेका थिए । न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेशी चढेपनि समयअभावका कारण उक्त रिट हेर्न नभ्याइनेमा परेको हो ।
अब आइतबार मात्रै रिटको सुनुवाई हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको घोर उल्लंघन गरेको रिटमा उल्लेख छ।
रिटमा राष्ट्रपतिको कार्यालयले संविधानको घोर उल्लंघन गरेको भन्दै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय भएको सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र नगरेको भए प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गरिएको छ ।











