Kathmandu Press

महानगरकाे डोजरले अनामनगर क्षेत्रमा भत्कायाे अवैध संरचना

महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजनिक जग्गामा पर्खाल बनाएको भन्दै डोजर लगाएको छ।
महानगरकाे डोजरले अनामनगर क्षेत्रमा भत्कायाे अवैध संरचना

काठमाडौं, असाेज ७ : काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ।

महानगरले शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो।

सो क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजनिक जग्गामा पर्खाल बनाएको भन्दै डोजर लगाएको छ।

सार्वजनिक जग्गामा संरचना बनाएको गुनासो आएपछि पर्खाल भत्काएको र सो क्षेत्रका अन्य अवैध र अनधिकृत संरचना हटाइने काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।

नक्सा विपरीत बनेका र सार्वजनिक स्थानमा बनेका संरचनालाई भत्काउने अभियान निरन्तर चल्ने महानगरले जनाएको छ।

dozer1663925117.jpg

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्