Kathmandu Press

वामपन्थीहरुबीचको एकता अहिले पनि उत्तिकै आवश्यक छ : प्रचण्ड

वामपन्थीहरुबीचको एकता अहिले पनि उत्तिकै आवश्यक छ : प्रचण्ड

काठमाडौं, असोज ७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरुबीचको एकता अहिलेपनि उत्तिकै आवश्यक रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा सुरु भएको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले वामपन्थीहरुबीच एकता भएमात्र समाजवादको सपना पूरा हुने बताए। 

उनले वामपन्थीहरुबीच नयाँ शिराबाट एकताको अभियान चलाइने पनि बताए। त्यसका लागि आफू निरन्तर छलफल र भेटवार्तामा रहेको प्रचण्डको भनाई छ। 

अध्यक्ष प्रचण्डले ठूलो सपनासहित कम्युनिस्ट आन्दोलनाई एकतावद्ध गर्ने प्रयास भएपनि जोगाउन नसकिएको बताए । कम्युनिस्टहरुको एकताबाट जनतामा विश्वास, उभार र उत्साह देखा परेको तर त्यो धेरै समय टिक्न नसकेको उनले बताए। 

‘देशी र विदेशी प्रतिक्रियावादीहरु, पार्टीभित्रकै व्यक्तिवाद र अवसरवादको कारणले त्यो महान एकतालाई नेपाली जनताले देखेको सपना पूरा गर्ने क्रममा दुर्घटना भयो,’ प्रचण्डले भने, ‘कम्युनिस्टहरुको एकता अहिलेपनि उत्तिकै आवश्यकता छ । वामपन्थीहरुलाई नयाँ शिराबाट एकतामा ल्याउने र वाम एकता अभियानमै छौं।’


 

प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्