जसपाका केन्द्रीय सदस्य तिलक श्रीपाइली एमालेमा प्रवेश
करिब तीन दशकअघि अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरू गरेका श्रीपाइलीकाे गृहजिल्ला सल्यान हाे।
काठमाडौं, असाेज ७ : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तिलक श्रीपाइली एमालेमा प्रवेश गरेका छन्।
एमालेकाे केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच पार्टी महासचिव शंकर पोखरेलले श्रीपाइलीलाई स्वागत गरे। पार्टी प्रवेशको संयोजन एमाले पोलिटब्युराे सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलाबजंग शाहले गरेका थिए।
करिब तीन दशकअघि अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरू गरेका श्रीपाइलीकाे गृहजिल्ला सल्यान हाे।
पार्टी प्रवेशका क्रममा श्रीपाइलीले देश र जनताको हितमा एमाले अघि बढिरहेको बताए। एमालेविरुद्ध घेराबन्दी भइरहेका बेला पार्टीका पक्षमा यथासक्य योगदान गर्न आफू निःस्वार्थ एमालेमा प्रवेश गरेको उनकाे भनाइ थियाे।
चुनावी दौडाहामा रहेको एमालेले पछिल्लो समय पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिँदै आएको छ।
प्रकाशित मिति: १४:३१ बजे, शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











