Kathmandu Press

रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउन राप्रपा तयार

स्रोतका अनुसार मिश्र चुनावअघि नै राप्रपामा प्रवेश गरेर काठमाडौं–१ बाट चुनाव लड्ने तयारीमा छन्। 
रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउन राप्रपा तयार

काठमाडाैं, असाेज  ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विवेकशील साझा पार्टीका पूर्वनेता रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिन तयार देखिएको छ।

बिहीबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देनले मिश्र राप्रपामा प्रवेश गर्न तयार रहेको भन्दै वरिष्ठ उपाध्यक्षका लागि औपचारिक प्रस्ताव राखेका हुन्। त्यसबारे टुंगो लाग्न भने बाँकी नै रहेको बताइएको छ।

बैठकले सो विषयमा थप छलफल गरी टुंगो लगाउने जिम्मेवारी अध्यक्ष लिङ्देनलाई नै दिएको राप्रपाका एक नेताले बताए। स्थानीय चुनावमा विवेकशील साझाले जित हासिल गर्न नसकेपछि अध्यक्षबाट राजीनामा दिएका मिश्रले राप्रपाको सहअध्यक्षमा बार्गेनिङ गर्दै आएको उनको भनाइ छ।

मिश्र वरिष्ठ उपाध्यक्ष बन्न राजी भएपछि दुई पक्षीय बैठक सकारात्मक बनेको ती नेताले जानकारी दिए। मिश्रलाई कुन वरीयता दिने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ। राप्रपाभित्र उपाध्यक्ष बुद्धिमान तामाङलगायतले मिश्रलाई आफूभन्दा माथि वरीयता राख्न नहुने अडान बताउँदै आएका छन्।

दुवै पक्ष निष्कर्षमा पुगेपछि मिश्र र उनीनिकट केही नेता–कार्यकर्ता राप्रपामा प्रवेश गर्ने तयारी भइरहेको जनाइएके छ। स्रोतका अनुसार मिश्र चुनावअघि नै राप्रपामा प्रवेश गरेर काठमाडौं–१ बाट चुनाव लड्ने तयारीमा छन्। 

प्रकाशित मिति: १४:१० बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्