Kathmandu Press

राष्ट्रपतिको राजीनामा माग गर्दै जसपाद्वारा चरणवद्ध आन्दोलनको घोषणा 

जसपा मधेश प्रदेश समितिले राष्ट्रपतिको राजीनामा माग गर्दै असोज १७ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 
राष्ट्रपतिको राजीनामा माग गर्दै जसपाद्वारा चरणवद्ध आन्दोलनको घोषणा 

काठमाडौं, असोज ७ : जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै मधेशमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।  

प्रतिनिधि सभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका लागि पठाएपनि राष्ट्रपतिले संविधान उल्लंघन गरेर विधेयक प्रमाणीकरण नगरेको भन्दै जसपाले राष्ट्रपतिको राजीनामा मागेको हो । 

जसपा मधेश प्रदेश समितिले राष्ट्रपतिको राजीनामा माग गर्दै असोज १७ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

जसपा मधेश प्रदेश समितिका सचिव दिनेश यादवले असोज ८ गते (भोलि) मधेश प्रदेशका सबै जिल्लामा राष्ट्रपतिको कदमका सन्दर्भमा नागरिक समाजसँग अन्तरक्रिया गर्ने बताए । 

त्यस्तै असोज ११ गते भ्रातृसंगठनले प्रदर्शन गर्ने कार्यक्रम छ भने १३ गते पालिका तहमा अन्तरक्रिया र १५, १६ र १७ गते वडा तहमा राष्ट्रपतिको कदमविरुद्ध अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उनले बताए । 

जसपाले वुधबार र बिहीबार मधेशका  ८ वटै जिल्लामा राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको थियो ।  
 

प्रकाशित मिति: ११:५२ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्