Kathmandu Press

राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा 

राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा 

काठमाडौं, असोज ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीत नगरेको विरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटको सुनविाई आज हुँदैछ । 

नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै बिहीबार दायर भएका पाँच वटा रिटमा सुनुवाई हुन लागेको हो । दुईपटकसम्म प्रतिनिधि सभाले पारित गरेर पठाएकाले विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको रिट मनोजकुमार शर्माको इजलासमा परेको छ।  
 
विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको धारा ११३ (४) को  उल्लंघन गरेको रिटमा उल्लेख छ।

अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गरेका थिए। 

राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शितलनिवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

संविधानको धारा ११३ को उपधारा ४ मा संघीय संसदले पारित गरेर दोस्रो पटक पठाएमा राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।

 

प्रकाशित मिति: ११:३८ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्