Kathmandu Press

सशस्त्र डीआईजी वंशीराज दाहाल एआईजी बढुवा सिफारिस

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको मिति बिहीबारको बैठकले उनलाई बढुवाका लागि सिफारिस गरेको हो।
सशस्त्र डीआईजी वंशीराज दाहाल एआईजी बढुवा सिफारिस

काठमाडौं, असोज ७ : सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको मिति बिहीबारको बैठकले उनलाई बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुले सात दिनभित्र बटुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने जनाईएको छ।

गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीमा थप एक एआईजी दरबन्दी स्वीकृत गरेको थियो।

यसअघि सशस्त्र प्रहरीमा दुई जना अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी रहेकोमा अब तीन पुगेको छ। 

प्रकाशित मिति: ०७:३५ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्