Kathmandu Press

डेनमार्कलाई हराउँदै क्रोएसिया शीर्षस्थानमा 

घरेलु मैदानमा डेनमार्कमाथि २–१ को जित निकाल्दै क्रोएसिया शीर्षस्थानमा उक्लिएको हो।क्रोएसियाको जितमा बोरना सोसा र लोभरको माजेरले १/१ गोल गरे।
डेनमार्कलाई हराउँदै क्रोएसिया शीर्षस्थानमा 

काठमाडौं, असोज ७ : डेनमार्कलाई हराउँदै क्रोएसिया युइएफए नेसन्स लिग ए समूह १ मा शीर्षस्थानमा उक्लिएको छ।

घरेलु मैदानमा डेनमार्कमाथि २–१ को जित निकाल्दै क्रोएसिया शीर्षस्थानमा उक्लिएको हो।क्रोएसियाको जितमा बोरना सोसा र लोभरको माजेरले १/१ गोल गरे।

डेनमार्कका क्रिस्टियन एरिक्सनले एक गोल फर्काए । जितसँगै क्रोएसिया ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। पराजित डेनमार्क ९ अंक जोड्दै दोस्रो स्थानमा झरेको छ।

यहीँ समूहको अर्को खेलमा फ्रान्सले अष्ट्रियालाई २–० ले हराउँदै ५ खेलमा पहिलो जित निकालेको छ।
 
प्रकाशित मिति: ०७:१२ बजे, शुक्रबार, असोज ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्