कर्मचारी सरुवा रोक्न सरकारलाई आयोगको निर्देशन
बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले कर्मचारी सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको हो ।
काठमाडौं, असोज ६ : निर्वाचन आयोगले कर्मचारी सरुवा रोक्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले कर्मचारी सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको हो ।
४ मंसिरमा हुने चुनावका लागि अस्थायी मतदाता नामावली संकलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा आफ्नो काममा बाधा पुग्ने बताएको छ ।
आयोगले कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व स्वीकृती लिन पनि भनेको छ ।
प्रकाशित मिति: २०:३८ बजे, बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार