सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट
अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुख विरुद्ध रिट दायर गरेका हुन्।
काठमाडौं, असोज ६ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुख विरुद्ध रिट दायर गरेका हुन्।
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुञ्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवा सुविधा प्रयोग गर्न रोक लगाउनसमेत रिटमा माग गरिएको छ।
रिटमाथि शुक्रबारलाई पेसी तोकिएको छ।
प्रकाशित मिति: १८:५० बजे, बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार