थप ६६ जनामा कोरोना संक्रमण पुष्टि
देशभर गरिएको १ हजार १ सय ९० पिसिआर परिक्षणका क्रममा ५९ जना र २ हजार ७२ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, असोज ६ : नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार १ सय ९० पिसिआर परिक्षणका क्रममा ५९ जना र २ हजार ७२ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३७ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा १ हजार ४ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार