Kathmandu Press

‘नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीद्वारा नयाँ समस्या सिर्जना’

मन्त्री खापुङले नेपालको संविधानमा राष्ट्रपतिले गर्ने उल्लेख भएका कामहरुबाहेक आफ्नो विचार, दृष्टिकोणले राष्ट्रका लागि कुनै पनि काम आफ्नो विचारले गर्ने व्यवस्था नभएको पनि दाबी गरे।
‘नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीद्वारा नयाँ समस्या सिर्जना’

काठमाडाैं, असाेज ६ : स्वास्थ्य भवानीप्रसाद खापुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लघंन गरेको बताएका छन्।

राष्ट्रपति भण्डारीले उक्त विधेयक अस्वीकार गरेर नयाँ समस्या सिर्जना गरेको उनको भनाइ छ। बिहीबार काठमाडौंमा डाक्टरहरुसँग स्वास्थ्य परामर्श उपलव्ध गराउने ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गर्दैमन्त्री खापुङले संविधानको संरक्षक राष्ट्रपतिबाट संविधानको उल्लघंन भएको बताए।

मन्त्री खापुङले नेपालको संविधानमा राष्ट्रपतिले गर्ने उल्लेख भएका कामहरुबाहेक आफ्नो विचार, दृष्टिकोणले राष्ट्रका लागि कुनै पनि काम आफ्नो विचारले गर्ने व्यवस्था नभएको पनि दाबी गरे। उनले सहमति नजुटेका बुँदाहरुलाई (विषयलाई) छुट्टै राखेर सहमति जुटेका विषयहरु र अघिल्लो सरकारले अध्यादेशमा ल्याएका विषयहरुलाई राखेर नागरिकता विधेयक सदनमा पेश गरिएको स्पष्ट पारे।

मन्त्री खापुङले डेंगी रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुखहरुको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको जानकारी दिए । 

प्रकाशित मिति: १७:३६ बजे, बिहीबार, असोज ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्