पूर्वी रुकुमको भूमेमा बस दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं, असोज ६ : पूर्वी रुकुमको भूमे गाउँपालिका–३ मा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस क्याङ्सी बगरस्थित सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको रुकुम पूर्वका डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइनसको डिएसपी डाँगीले जानकारी दिए।
दुर्घटनाका घाइतेहरुको उद्धार भइरहेको र परिचय नखुलेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:१० बजे, बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











