Kathmandu Press

विवेकशील साझाकाे प्रवक्तामा प्रकाशचन्द्र परियार

परियार विवेकशील साझा पार्टीका संस्थापक नेतामध्येका एक हुन्।
विवेकशील साझाकाे प्रवक्तामा प्रकाशचन्द्र परियार

काठमाडाैं, असाेज ६ : विवेकशील साझा पार्टीले प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ।

पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुखसमेत रहेका नेता परियारलाई विधानको भाग १२ को दफा ७२ (४) ६ र ७२ (४) ७ बमोजिम प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समीक्षा बाँस्कोटाले बताइन् । 

को हुन् प्रवक्ता परियार?

परियार विवेकशील साझा पार्टीका संस्थापक नेतामध्येका एक हुन्। पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख छन्।

परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा समेत क्रियाशील छन्। एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका परियारले आमसञ्चारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिएका छन्। 

परियार परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता पनि हुन्।

सामाजिक रूपान्तरण र समृद्धिका लागि असल मानिसहरू राजनीतिमा नहोमिए सम्म मुलुकको मुहार फेर्न नसकिने मान्यता राख्ने परियारले भ्रष्टाचार विरोधी, इमानदार र मिलनसार युवा नेताको छवि बनाएका छन्

नेता परियार सुनसरी इटहरीका स्थायी बासिन्दा हुन्।

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्