भीमफेदीको जुरिखेतमा बस दुर्घटना, ७ जनाको मृत्यु
काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरालोबाट तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
काठमाडौं, असोज ६ : मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरालोबाट तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचार गर्न लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई हेटौंडाका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसका चालक भने फरार छन् । उनको खोजी भइरहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











