Kathmandu Press

बंगलादेशविरुद्धकाे मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको घोषणा

बंगलादेशविरुद्धकाे मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको घोषणा

काठमाडौं, असोज ६ : बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ। बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै कार्यबहाक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय टिम घोषणा गरेका हुन्।

बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली घोषणा गरेका हुन् । हुमागाईंले घोषणा गरेको टिममा गोलकिपर किरण चेम्जोङ टिममा फर्किएका छन्। 

कप्तान घोषणा खेल अघि मात्र मात्र गरिने हुमागाईंले बताएका छन्। सम्भवतः किरण नै कप्तान हुने छन्। एसियन कप छनोटको तयारीका क्रममा देखिएको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडीबीचको विवादमा खेलाडीको पक्षमा बोलेपछि अन्य खेलाडीसँगै किरण पनि टिमबाट बाहिरिएका थिए।

अल्मुताइरीसँगको विवादपछि टिमबाट बाहिरिएका विमल घर्तिमगर, अञ्जन विष्ट, अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशीलगायत पनि टिममा फर्किएका छन्।यस्तै, हुमागाईंले युवा स्ट्राइकरद्वय ऋतिक खड्का र आशिष चौधरीलाई पहिलो टिममा राखेका छन्।  

एसियन कप छनोटमा नेपाली टिमको नेतृत्व गरेका नवयुग श्रेष्ठ, विंगर सुनिल बल र यू–२० टिमका कप्तान आयुष घलान भने टिममा अटाउन सकेनन्। 

इन्टरनेशनल ब्रेकमा नेपालले असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

नेपाली टिम : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु ९गोलकिपर०, रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल ९डिफेन्डर०, सुदिप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट ९मिडफिल्डर०,  विमल घर्तिमगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी ।
ध्चष्तभ तय ःबजभकज प्बचपष्
 

प्रकाशित मिति: १६:०७ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्