Kathmandu Press

वीर अस्पताल अगाडिको फार्मेसीमा महानगरले चलायो डोजर 

वीर अस्पताल अगाडिको फार्मेसीमा महानगरले चलायो डोजर 

काठमाडौं, असोज ६ : काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि सञ्चालित फार्मेसीमा डोजर चलाएको छ ।

पार्क बनाउने भनिएको स्थानमा फार्मेसी चलाइएको पाएपछि महानगरले डोजर चलाएको हो। वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधी पसल हटाउन आजसम्मको समय दिएपनि नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ । 

वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा छ। यहाँ ६ वटाभन्दा धेरै फार्मेसी सञ्चालनमा थिए।

अब यो ठाउँमा बगैंचा निर्माण हुने बताइएको छ। 

प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्