Kathmandu Press

सीट बाँडफाँट कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै 

सीट बाँडफाँट कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै 

काठमाडौं, असोज ६ : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । 

प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको छ । 

बैठकमा गठबन्धनमा आवद्ध रहेका दलका शीर्ष नेतासहित सिट बाँडफाँट कार्यदलका सदस्यसमेत सहभागी हुने बताइएको छ ।

गठबन्धनका दलहरुले दाबी गरको सिटमा घट्न तयार नभएपछि २५ भन्दा बढी बैठक बसेपनि सहमति जुट्न सकेको छैन । आजको बैठकमा पनि सहमति खोज्ने प्रयास हुनेछ । 

बुधबार बसेको बैठक सिट बाँडफाँटमा भन्दा राष्ट्रपतिको कदका बारेमा छलफल केन्द्रीत थियो । आजको बैठकमा भने सिट बाँडफाँटकै विषयमा छलफल हुने बताइएको छ ।
 

प्रकाशित मिति: १३:१७ बजे, बिहीबार, असोज ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्