पूर्वआइजिपी सर्वेन्द्र खनाल एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं, असोज ६ : नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रमका बीच पूर्वआइजिपी खनाल एमाले प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गरे ।
कार्यक्रममा पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मिया लगायतका व्यक्तिहरु पनि एमाले प्रवेश गरेका छन् ।
खनाल प्रहरीमा रहँदै ओली निकट मानिन्थे । ओली प्रधानमन्त्री रहेकै बेलादेखि खनालले एमालेका लागि काम गर्दै आएका थिए । खनाललाई जनता समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।
प्रकाशित मिति: १२:२१ बजे, बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











