आयोगले तोक्यो सबै क्षेत्रमा निर्वाचन अधिकृत (सूचीसहित)
आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ।
काठमाडौं, असोज ६ : आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ।
आयोगले आज सूचना जारी गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको जनाएको छ। असोज ११ गतेदेखि लागू हुने गरी तोकिएको आयोगले जनाएको छ।
प्रतिनिधिसभाका एक सय ६५ र प्रदेश सभाका तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएको हो। जिल्ला न्यायाधीशलाई जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकिएको छ।

प्रकाशित मिति: ०८:१६ बजे, बिहीबार, असोज ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











