कपनस्थित ट्रेकिङ कम्पनीमा विस्फाेट हुँदा दुई जनाको मृत्यु

काठमाडौं, असाेज ५ : बुढानीलकण्ठ नगरपालिकास्थित कपनको राममन्दिर नजिकै विस्फाेटमा परि दुई जनाकाे मृत्यु भएकाे छ।
मन्दिर नजिकैको घरमा सञ्चालित ट्रेकिङ कम्पनीमा सिलिन्डर विस्फोट हुँदा आगलागी भएको हाे।
घटनास्थलमा खटिएका उद्दार टोलीले घरको पहिलो तल्लामा २ जनाको शव भेटिएको जनाएका छन। घटनास्थलमा अन्य खाेजी कार्य र उद्दार कार्य जारी रहेकाे छ।
आगो निभाउनका लागि बुढानीलकण्ठ नगरपालिकाको दमकलसहित काठमाडौं र ललितपुरको दमकल प्रयोग गरिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: २०:३२ बजे, बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











