Kathmandu Press

नेपालसँग हारेपछि माल्दिभ्सले हटायो प्रशिक्षक सेगर्टलाई

काठमाडौं, मंसिर २१ : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालसंगको हारपछि माल्दिभ्सका फुटबल प्रशिक्षकलाई पदबाट हटाईएको छ ।&n....

नेपालसँग हारेपछि माल्दिभ्सले हटायो प्रशिक्षक सेगर्टलाई

काठमाडौं, मंसिर २१ : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालसंगको हारपछि माल्दिभ्सका फुटबल प्रशिक्षकलाई पदबाट हटाईएको छ । 

लिग चरणको अन्तिम खेलमा शनिबार दशरथ रंगशालामा माल्दिभ्स आयोजक नेपालसँग २–१ ले पराजित भएको थियो । पराजयसँगै माल्दिभ्स फाइनल पुग्न चुकेपछि खेल हारेको केहि घण्टाभित्र नै माल्दिभ्सले प्रशिक्षक पिटर सेगर्टलाई हटाएको हो ।

 समूह चरणमा माल्दिभ्स भुटानसँग पराजित हुँदा बंगलादेश र श्रीलंकासँग बराबरी खेलेको थियो। नेपालसँग पराजित भएको तीन घण्ट बित्न नपाउँदै क्रोएसियन नागरिक सेगर्टलाई हटाएको माल्दिभ्स फुटबल फेडेरेसनले जनाएको छ। उनलाई आपसी सहमतीमा हटाएको बुझिएको छ । 

प्रकाशित मिति: ०७:१५ बजे, आइतबार, मंसिर २२, २०७६