बृहत् नागरिक आन्दोलनले माग्यो राष्ट्रपतिको राजीनामा
समाजले आज एक बिज्ञप्ति जारी गर्दै संविधानको सर्वोच्चता कायम राख्न राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने अन्यर्था उनलाई पदमुक्त गर्न महाभियोग लगाउनुपर्ने ठहर गरेको हो ।
काठमाडौं, असोज ५ : बृहत् नागरिक आन्दोलनले संविधानको सर्वोच्चता कायम राख्न राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने ठहर गरेको छ ।
समाजले आज बुधबार बिज्ञप्ति जारी गर्दै संविधानको सर्वोच्चता कायम राख्न राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने अन्यर्था उनलाई पदमुक्त गर्न महाभियोग लगाउनुपर्ने ठहर गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन गरेको ठहर गर्दै संविधानको संरक्षकबाट नै संविधान उल्लंघन गर्ने कार्यको विरोध गर्ने पनि जनाएको छ ।
“राजाको सिको गर्न र कथित संवैधानिक राजतन्त्रको झल्को आउने गरी जनताको मतद्वारा निर्वाचित सार्वभौम संस्थाले गरेका निर्णय उल्ट्याउन गणतान्त्रिक व्यवस्थाले राष्ट्रपतिको गरिमामय पद सिर्जना गरेको होइन,” नागरिक आन्दोलनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“संवैधानिक संस्कारलाई बलियो बनाउने, संविधानको रक्षा गर्ने र सम्मानसहित दिइएको पदको गरिमा जोगाउने मुख्य दायित्व राष्ट्रपतिको हो । संविधान र व्यवस्थाको मर्मविपरीत राष्ट्रपतिले संवैधानिक सीमा नाघेको यो पहिलोपटक होइन । कुत्सित उद्देश्यसहित बारम्बार संविधान एवम् लोकतान्त्रिक व्यवस्थाको मूल्यमान्यता धूलिसात बनाउने ्भण्डारी राष्ट्र प्रमुख जस्तो गरिमायुक्त पदमा बसिराख्नु सो पदको ओज घटाउनु हो ।”











