मालोर्कामाथी बार्सिलोनाको शानदार जित, मेस्सीले गरे ह्याट्रिक
एजेन्सी, मंसिर २१ : स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ५–२ ले पराजित गरेको छ। घरेलु मैदानमा बार्सिलोनालाई ....

एजेन्सी, मंसिर २१ : स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ५–२ ले पराजित गरेको छ। घरेलु मैदानमा बार्सिलोनालाई जिताउने क्रममा मेस्सीले ह्याट्रिक गरेका हुन् ।
यस्तै एन्टोनी ग्रिजम्यान र लुइस स्वारेजले एक–एक गोल गरे । मालोर्काका लागि बुडिमिर एक्लैले दुई गोल गरेका हुन् । सातौँ मिनेटमा एन्टोनी ग्रिजम्यान तथा ४३ औँ मिनेटमा स्वारेजले गोल गरेका हुन् । मेस्सीले १७, ४१ र ८३ औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् । सन् २०१९ मा मात्रै उनले चार पटक ह्याट्रिक गरेका छन् । मालोर्काका लागि आन्टी बुडिमिरले ३५ र ६४ औँ मिनेटमा गरी दुई गोल गरेका हुन्।
बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेपछिको खेलमा शानदार प्रदर्शन गरेका हुन् । जितपछि शीर्ष स्थानको बार्सिलोनाको १५ खेलबाट ३४ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि समान खेलबाट समान अंक छ ।
ला लिगा अन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा ग्रानाडालो एलाभेसलाई ३–० तथा भ्यालेन्सियाले लेभान्टेलाई ४–२ ले पराजित गरेका छन् ।











