Kathmandu Press

‘बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ’ 

‘बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ’ 
Hardik ivf

काठमाडौं, असोज ५ : वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले कोरोना भाइरसको महामारीपश्चात् नेपाली फिल्म बजारमा बढी नै उतारचढाव देखिएको बताएका छन्। उनी अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता आचार्यले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएका र केहीले भने अपेक्षा भन्दा निकै कम व्यापार गरेको बताए। 
    
अहिले आर्ट र कमर्सियल भ्यालु बोकेका फिल्म बजारमा दर्शकले पर्खिरहेको विचार राख्दै त्यो ‘महापुरुष’ रहेको बताए। ‘अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नुभएको छ । महापुरुषमा यी दुवैको मिश्रण छ । यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ,’ उनले भने। नेपाली फिल्मको बढ्दो बजारलाई यसले अझै फाइदा पु¥याउने उनले बताए।  

केही समययता आर्ट भ्यालु बढी भएका फिल्ममा दर्शकको उपस्थिति कम देखिएको उनले बताए। अभिनेता आचार्यले पूर्णरुपमा व्यावसायिक कलात्मक फिल्म ‘महापुरुष’ रहेको बताए। ‘यसपटक स्क्रिप्ट झनै मेहनत गरेको पाएँ । यो टिमले निर्माण गर्नुभएको अघिल्लो फिल्मको तुलनामा यो उत्कृष्ट छ,’ उनले भने। 

जात्रा, ‘सत्रुगते’ र ‘जात्रै जात्रा’को सफलताले आफूलगायत टिममा दायित्व थपिएको निर्देशक प्रदीप भट्टराईले बताए। ‘हामीलाई दर्शकले गर्नुहुने विश्वासले थप जिम्मेवार बनाएको छ । यसपटक हामीले समाजको गम्भीर विषयलाई सरल तरिकाले देखाउने कोसिस गरेका छौँ । समाजमा विध्यमान सोचलाई भत्काउने प्रयास हाम्रो हो,’ उनले भने। 
 

प्रकाशित मिति: १६:३३ बजे, बुधबार, असोज ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्