Kathmandu Press

राम लिम्बुले जिते दोस्रो भ्वाइस अफ नेपालको उपाधि 

काठमाडौं, मंसिर २१ : दोस्रो भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुले जितेका छन् । शनिबार राति काठमाण्डौको चुच्चेपाटीमा भएको अन्तिम प्रतिष्पर्धामा&nbs....

राम लिम्बुले जिते दोस्रो भ्वाइस अफ नेपालको उपाधि 
Hardik ivf

काठमाडौं, मंसिर २१ : दोस्रो भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुले जितेका छन् । शनिबार राति काठमाण्डौको चुच्चेपाटीमा भएको अन्तिम प्रतिष्पर्धामा  टिम प्रमोदमा रहेका लिम्बुले अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा दोस्रो भ्वाइस अफ नेपालको उपाधि उपाधि आफ्नो पोल्टामा पारेका हुन् ।  

उपाधि जितेसँगै लिम्बुले ड्याट्सन गाडी, १२ लाख नगद र म्युजिक एल्बमको कन्ट्रयाक्ट समेत प्राप्त गरेका छन् । कम भोट प्राप्त गरेका कारण प्रतिष्पर्धामा रहेका विकास लिम्बु, सनिष श्रेष्ठ र आरिफ रौफ पछि परे । प्रतियोगितामा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था रावत कोचको भूमिका रहेको थियो  ।

गतबर्ष कोच दीपको टिमबाट सीडी विजय अधिकारीले यो चर्चित रियालिटी शोको टाइटल जितेका थिए ।

प्रकाशित मिति: ०६:४३ बजे, आइतबार, मंसिर २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्