भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन

काठमाडौं, असोज ५ : भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ ।
हृदयघातका कारण दिल्लीको ‘अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा अगस्ट १० मा भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो ।
सन् २००५ को कमेडी सो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’को पहिलो सिजनबाटै उनले ख्याति कमाएका थिए । उनी बिग बोसको तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।
प्रकाशित मिति: १२:३२ बजे, बुधबार, असोज ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












