तेस्रो स्वर्ण जित्नबाट चुकिन् गौरिका
काठमाडौं, मंसिर २१ : नेपालकी गौरिका सिंह १३ औं सागमा तेस्रो स्वर्ण जित्न चुकेकी छिन्।
शनिबार भएको १०० मिटर ब्याकस्ट्रोकको प्रतिस्....
काठमाडौं, मंसिर २१ : नेपालकी गौरिका सिंह १३ औं सागमा तेस्रो स्वर्ण जित्न चुकेकी छिन्।
शनिबार भएको १०० मिटर ब्याकस्ट्रोकको प्रतिस्पर्धामा गौरिकाले रजत पदकमा चित्त बुझाउनु प¥यो। निर्धारित दूरी गौरिकाले १ मिनेट ०३. १५ सेकेण्डमा पूरा गरेकी थिइन्।
प्रतियोगितामा गौरिकालाई हराउँदै भारतकी मन्ना राजिव पटेलले स्वर्ण जितिन्। उनले निर्धारित दूरी १ मिनेट ०२.३५ सेकेण्ड समयमा पूरा गरेकी थिइन्।
यसअघि गौरिकाले जारी सागमा महिला २०० मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्।
प्रकाशित मिति: १७:५६ बजे, शनिबार, मंसिर २१, २०७६
थप समाचार





